नेपाल राष्ट्रबाद संघ द्वारा श्री ५ युवराज धिराज पारस बिरबिक्रम शाह देव को ५२ औ जन्मजयन्ती वीरगंजमा मनाइयो !

 

पवन प्रसाद साह/वीरगंज

जनकपुर:  नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा द्वारा श्री ५ युवराज धिराज पारस बिर बिक्रम शाह देव को ५२ औ जन्मजयन्ती वीरगंजमा भव्य रुपमा मनाइएको छ।

वीरगंज को घण्टाघर चौकबाट जन्मजयन्ती को अवसरमा निसकेको र्याली बाजागाजा सहितको र्याली मा विभिन्न किसिमका नाराहरू लगाउदै जस्तै:- हिन्दू राष्ट्र कायम गर,राजा आउ देश बचाउ,नेता चोर देस छोर, संघियता खारेज गर, नाराहरू लगाउदै घणटाघर हुदै माइथान अलखियामठ़ हुदै आदर्शनगर हुदै घण्टाघर चौकमा आइ कोणसभा परिणत भएको थियो।

 

कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले श्री ५ युवराज धिराज पारस बिरबिक्रम शाह देव को ५२ औ जन्मजयन्ती को शुभकामना दिदै यो देश कुनै पार्टी नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए।

 

उत्क जन्म जयन्ती कार्यक्रम नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनक लाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिदत परिषद् का केन्द्रिय सदस्य पृथ्वी झा, केन्द्रीय सदस्य नरेस गिरी, नेपाल राष्ट्रबाद संघ का पर्सा अध्यक्ष संगिता देवी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद, सचिव सन्तोष गुप्ता,शिवसंकर प्रसाद, बिरेन्द्र साह तेली, नेपाल बिदत परिषद् का पर्सा अध्यक्ष रामनारायण साह, प्रेम सरार्फ,पुरुसोतम सिंह, किसोरी साह,लालमहमद मिया, राधाकृष्ण चौहान,इदा मिया,खुबलाल साह, बिष्णु कुमार,राजेस चौहान लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार