विवेकशील साझाले माघ अन्तिम साता महाधिवेशन गर्ने

जनकपुर:   विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिमा रुपान्तरण समेत गरेको छ ।

 

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निशर्त: महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।

 

साथै वैकल्पिक राजनीतिको वकालत गर्ने दल, समूह वा स्वतन्त्र उम्मेदवारी लिएका व्यक्तिहरुलाई समेत मधिवेशनमा समेट्न राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार