लेखक तथा साहित्यकारलाई स्वतन्त्र भएर वाचन जरुरी !

 

लेखक : सबिता यादव, महाेत्तरी, पुष २१ गते

जनकपुर:  लेखक तथा साहित्यकारलाई स्वतन्त्र भएर वाचन जरुरी हुनछ । किनभने जबसम्म लेखक पूर्णतया स्वतन्त्र हुँदैन्न तबसम्म उनले समाजमा देखेका राम्रा नराम्रा पक्षहरु लाई लेख्न सकदैन । लेखक तथा साहित्यकारको मुख्य कर्तव्य र पेसा भनेको देश र समाजमा भएका गल्त कामको आलोचना गर्नु हो । समाजमा भएका अन्यायविरुद्ध बोल्नु उनीहरुको पहिलो कर्तव्य हुन्छ । जिन्दगी को गोरेटोमा हिडंदै जँदा धेरै ऊतार चढाव को सामना गर्नु पर्छ । तर आफु सरह सबैलाई सही बाटो देखाउने मनसाय लिएर हामीलाइ अगाडि बढनु पर्छ । सबैले जे देख्छन वा जुन कुरामा आफ्नो वाहवाही होस त्यो मात्र लेख्ने पनि लेखक होईन्न । एउटा लेखक को लेखाईले विभिन्न तवरबाट समाजमा असर गरिरहेका हुन्छ । लेखक तथा साहित्यकार आफुले मात्र भोगेका विषय वस्तुलाई लेख्दैन । उनले समाजमा देखेका हरेक सकारात्मक नाकारात्मक दुवै पक्षलाई अनुभव गरी शब्द को माध्यमले उतार्ने गर्छन् र उनले लेखेका विषयले समाजमा चेतना ल्याउन ठूलो भूमिका खेलिरहेका हुन्छ ।

अब केही अर्को विषय तिर जाउँ ( समाजमा खुलेआम अपराध गरेको व्यक्तीलाई नागरिकले औल्याउँछ । एकछीनपछि त्यही अपराधी व्यक्ती सक्तासीन नेताको समीपमा वडो प्रसन्न मुद्रामा फोटो सञ्चारमाध्यममा सार्वजनिक हुन्छ । न उसलाई मुदा लागछ न उसलाई सजाय हुन्छ । यसरी नै आमनागरीकको न्याय सक्ताको कुर्सीमा गएर अल्झिएको छ । अधिकार दिनुपर्नेले आप्mनो कर्तव्य विर्सियो भने पिडितले न्याय पाउँन सकदैन ।

सरकार अब त अति नै भयो । अरु तिम्रा विकासे नाराहरु सुन्दै गरौंला । देश समृद्य बन्ने दिन पनि गनी रहुँला । तर विन्ती छ अफ्नों कर्तव्य र जिम्मेवारी न र्विसिदिनु । हाम्रो आवाज सुनिदीनु ।

प्रतिक्रिया

सम्बन्धित समाचार