सुनसरी: खेतमा आधा शरिर गाडिएको अवस्थामा भेटियो यादवको लाश !

जनकपुर :- सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ ।

 

कोसी २ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो ।

 

उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए । उनी घरबाट लौकही गएको र हराएका थिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार