
कृष्ण अधिकारी २२ जेठ/
जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आइतबार बिहान ५ बजे तिर भैरहवाको रोहिणी खोलामा लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेका यात्रुहरुको उद्धार गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया