नेपाली र्‍याम्पमा शोमा उत्रिँदै बलिउड अभिनेत्री मलाइका

जनकपुर:  बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली र्‍याम्प शोमा उत्रिने भएकी छन् ।

 

नेपाल रत्न तथा आभूषण संघले होटल याक एन्ड यति दरबारमार्ग काठमाडौंमा आयोजना गर्न लागेको चौथो जेम ए ज्वेलरी एक्स्पोमा उनी र्‍याम्पमा देखिने भएकी हुन् । शोमा अरोडाले नेपाली पोशाक र आभूषण र्‍याम्पमा प्रस्तुत गर्नेछिन् ।

 

पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात् पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो । त्यहाँ बलिउडकी अभिनेत्री अरोडा नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

 

कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्‍याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।

 

ज्वेलरी फेसन शोमा होटल याक एन्ड यतिमा साँझ ६ बजे हुनेछ । शोमा निःशुल्क प्रवेश पाइने आयोजकले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार