नेपालमा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टी

जनकपुर:   पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६८३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा १ हजार ३४० जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

२४ घण्टामा अवधिमा २ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा मुलुकमा १२ हजार ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल २३ जना सक्रिय सङ्क्रमित छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार