घुमुवाका कारण जितपुर क्षेत्र दुर्गन्धित बन्दै

बारा, २३ जेष्ठ

सशस्त्र प्रहरी बल नेपाल संगठनले सुचनाको निम्ति खटाइएका सादा पोशाकको टोलीलाई फिर्ता बोलाएपनि नेपाल प्रहरी संगठनमा उक्त नियमको पालना नगरी व्यापक रुपमा सादा पोशाकमा टोली परिचालन गर्ने गरिएको पाइएको छ । बारा जिल्लाको हकमा भन्ने हो भने प्रत्येक प्रहरी चौकी एक जना सादा पोशाकमा टोली परिचालन गर्ने गरेको पाइएको हो ।
सादा पोशाकमा खटाइने प्रहरीहरुको काम मात्र आर्थिक चलखेल गर्नु बाहेक अरु केही हुदैन । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट समेत घुमुवा परिचालन गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी हवलदार लगनदेव यादवलाई सादा पोशाकमा परिचालन गरी कारोवारीहरु संग समेत रकम असुली गरिएको गुनासो आउन थालेको छ । प्रहरीको काम कर्तव्य विपरीत घुमुवा प्रहरीले मासिक रुपमा रकम उठाउदै आएको एक पसल संचालक बताउछन ।
एक कपडा पसल संचालकका अनुसार अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई पाएको छ । आफुलाई पटक पटक इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको लगनदेव यादवले डराउने र धमकाउने गरेको कारण आफु मासिक रुपमा ५ हजारको दरले रकम दिने गरेको गुनासो यस अनलाइनलाई सुनाए । उहाले आफ्नो नाम गोप्य राख्ने सर्तमा प्रहरी संग आजित हुनेमा एक्लै आफु नरहेको बताए । जितपुर बजारमा संचालन गरेका कपडा पसल संचालकहरुले दैनिक रुपमा प्रहरीको काम कारवाहीका कारण आजित बन्दै आएको बताए ।
यता प्रहरी हवलदार लगनदेव यादवले मात्र कपडा पसल संचालक संग रकम असुली गर्दैन्न, उनले बारा र पर्सा जिल्लाको सीमाबाट भित्रिएको मालसमान ढुवानीकर्ताहरु संग समेत रकम असुली गरेको एक प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार इलाका प्रहरी कार्यालय जितपुरका प्रमुखदेखी इलाका प्रहरी कार्यालय सिमराको नाममा समेत रकम उठाउदै आएको बताए । माथिल्लो निकायको आर्शिवादले सादा पोशाकमा परिचालन भएका यादवको काम मात्र आर्थिक कलेक्सन बाहेक केही नरहेको, उनले बताए ।
बारामा बढ्दै गएको चोरी तस्करीका साथ साथै अपराधीक कृयाकलापमा निगरानी बढाउनुको साटो आर्थिक चलखेलमै सादा पोशाकको टोली सिमित हुने गरेको पाइन्छ । तसर्थः यस्ता गैर जिम्मेवार तरिकाले काम गर्ने प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार