थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्धारा माघी पर्व सम्पन्न !

 

रामएकवाल राम ,दोहा

जनकपुरधाम:   जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ स्थापना भएको थारु कल्याणकारी सभा कतार च्यापटर द्वारा“माघी पर्व तथा थारु संवत २६४६” भव्यताका साथ मनाएका छन।

गत शुक्रबार सनैयाको फुलवारी रेस्टुरेन्टको सभाहलमा सप्पन्न संस्थाको सभापति श्यामलाल चौधरीको सभापतित्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष श्री जैबी राई ज्यू, समाजसेवी तथा बुद्धिजीवी श्री कमलमणि गुरागाई , थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक ई. सिताराम चौधरी,संयोजक सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका पूर्व अध्यक्ष श्री सियाराम चौधरी,विशेष सल्लाहकार ई. अन्जनी पंजियार , नेपाली जनसम्पर्क समिति, कतारका सदस्य श्री तिलक राम घिमिरे , प्रवासी नेपाली मंच कतारका उपाध्यक्ष श्री बालकृष्ण भित्रकोटी ,जनप्रगतिसिल मंच कतार कतारका सचिव श्री बिकाश गैरे ,नेपाली समाज कतारका अध्यक्ष श्री तेज मोक्तान , प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष श्री रामहरी गैरे,संघिय लिम्बुवान सामाजिक मंच कतारका संरक्षक श्री एतु कुमार लिम्बु ,नेपाल आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार श्री शिब कुमार भुजेल ,नेपाल आदिवासी जनजाति महासंघ कतारका संस्थापक सदस्य तथा सल्लाहकार श्री सुक बहादुर तामाङ ,महासंघ कतारका सल्लाहकारहरु श्री शंख लाल तामाङ, श्री नियम भुजेल तथा श्री सामुयल सुनुवार नेपाल मगर सघं शाखा कतारका अध्यक्ष श्री विवेक पुलामी मगर , किँरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष श्री हर्क खजुम लिम्बु ,किँरात राई यायोख्या शाखा कतारका अध्यक्ष श्री शंकरमान राई ,नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतारका सचिव श्री पाखृन तामाङ ,सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष श्री नीर बहादुर सुनुवार ,प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री युवराज भुजेल ,नेपाली धानुक सेवा समाज कतारका महासचिव श्री तेजिलाल मन्डल, शेर्पा किदुक दोहा कतारका अध्यक्ष श्री तेन्जी शेर्पा,नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ कतारका अध्यक्ष श्री बिमल राई , सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष प्रकाश आले मगर , बुद्धिजीवी: ई. पदम नारायण शाह तथा बुद्धिजीवी: ई. अरुण भगत, व्यवसायी तथा बुद्धिजीवी श्री राम भुवन चौधरी , कल्याणकारिणी सभा कतार च्याप्टरका सलाहकारहरु, श्री सत्य नारायण चौधरी,श्री शम्भु नारायण चौधरी , श्रीमती शान्ति चौधरी , श्री देव नारायण चौधरी , श्री हरि बहादुर चौधरी , थारु कल्याणकारिणी सभा कतार च्याप्टरका महिला बिभाग प्रमुख श्रीमती पार्वती चौधरी, पूर्व महिला बिभाग प्रमुख मञ्जु चौधरी ,कार्यक्रम संयोजक श्री रमानन्द चौधरी , सह–संयोजक श्री दिनेश कुमार चौधरी , सांस्कृतिक संयोजक श्री अरुण कुमार चौधरी, सांस्कृतिक सह-संयोजक श्री जितेन्द्र कुमार चौधरी , स्वयमसेवक संयोजक श्री राजकलम चौधरी , स्वयमसेवक सह–संयोजक श्री नबिन कुमार चौधरी, आर्थिक संयोजक श्री ओम नारायण चौधरी, खान-पिन ब्यवस्थापक संयोजक श्री दीपेन्द्र कुमार चौधरी अतिथी सत्कार संयोजक श्रीमती कन्चन चौधरी ,पत्रकारहरु ,कलाकारहरु लगायत थारु तथा गैर थारु दाजु भाई तथा दिदी बैहिनीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम भब्य र सब्यका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रमको शुरुवातमा प्रमुख अतिथी, सभापति तथा बिशेष व्यक्तित्वहरुलाई फेटा लगाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा संयुक्त रुपमा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतवाट शुरु भएको थियो । संस्थाका उपाध्यक्ष श्री घनश्याम चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने माघी पर्व तथा थारु सम्बत् २६४६ का बारेका संस्थाका सल्लाहकार श्री सत्य नारायण चौधरीले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूरुसोत्तम सुनुवारले थारुहरु तराईका धर्ति पुत्रहुन र धर्ति पुत्र भएका कारण थारुहरुको हक अधिकार र पहिचानका निमित्त उनिहरुले उठाएका जायज मागहरुलाई राज्यबाट सम्बोधन गरिनुका साथै सम्मान गर्नु पर्नेर टिकापुर घटनाका सम्बन्धामा उक्त घटाना सुनियोजित नभई राजनैतिक घटना भएका कारण अबिलम्ब राज्यका सबै दलहरुबाट पहल भई घटनामा दोषि ठह¥याईका कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरि लगायत अन्य दोष लागेका थारुहरुलाई बिनाशर्त रिहाई गनुपर्ने कुरामा जोड दिएका थिए।

नेपालामा आदिवासी जनजाति महासंघले यस बिषयलाई गम्भिर रुपमा लिई यस्का निमित्त पहल गर्नु पर्ने बताए । त्यसै गरि राजनैतिक चेतना विकाशहुदै देशको मुल राजनितीमा आउदै गरेका थारुहरुलाई अगाढी बढ्न राज्यबाट पनि उचित किसिमको सहयोग थारुहरुमा रहनुपर्छ भन्ने अभिव्यत्ति राख्नु भएको थियो ।

त्यसै गरि सामाज सेवी तथा बुद्धिजिबी कमलमणि गुरागाईले कतारको हकमा थारुहरु धेरै जसो शिक्षित वर्ग रहेको र प्राविधिक रुपमा प्राय: कतारमा थारुहरु ईन्जिनियहरु रहेका र यदि देशमा रोजगारिको अवस्था भएको भए विदेशिनुनपर्ने र देश निर्माणमा थारुहरुबाट ठूलो टेवा पुग्ने थियो । तथापी भोलिका दिनमा अझ कतारमा रहदा हाँसिल गरेको ज्ञान र सीपले नेपाल निर्माणमा थारुहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने र राज्यले थारुहरुको शैक्षिक योग्यता र सिपको मुल्याङ्कन गर्नु पर्ने कुरा राखेका राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्कतारका प्रथम उपाध्यक्ष जैवी राईले थारुहरु आदिवासी जनजाति भित्रको अन्य जातिय संस्था जस्तै आफनो सांस्कृतिक, मौलिक, परम्परा तथा रितिरिवाज र भेषभुषा जगेर्ना गर्ने बिषयमा अग्रपङ्तिमा रहि आएका वास्तवमै थारुहरुको पहिचान पृथक रहेको बताउनु भएको थियो ।

महासंघ कतारको सल्लाकारहरुको तर्फबाट पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार शिव भुजेलले शुभकामना

प्रतिक्रिया

सम्बन्धित समाचार