झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला !

जनकपुरधाम:  झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

 

एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार बिहान उनीहरुको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

गत साउन पनि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार