छापामार शैलीमा मेयर साहको छड्के अनुगमन

 

रौतहट २५ गते बुधबार //
सामुदायिक विद्यालयमा गैर कानुनी रुपमा रसिद काट्दै गरेको बेला रौतहटको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले छापामारी शैलीमा छड्के अनुगमन गरेका छन् ।
मेयरको अभिभावक र नगरपालिकासंग भएको सहमति विपरीत रकम असुल गर्दै गरेको सुचना पश्चात् देशकै चौथो विद्यालयको रुपमा रहेको रौतहट जिल्लाको गौर न.पा. अन्तर्गत रहेको श्री जुद्द माध्यमिक विद्यालयमा पुगी सम्पुर्ण कागजात नियन्त्रणमा लिइ छानबिन प्रक्रिया अगाडि बढाएका छन् ।

साथै मेयर साहले हाललाई परिक्षा बापत १०० रुपैयाँ मात्र दस्तुर तिर्न समस्त विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार