
जनकपुरधाम: टर्की–सिरियामा फेरि भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ ।
भूकम्प टर्की–सिरिया सीमा क्षेत्रबाट दुई किलोमिटर (१.२ माइल) गहिराइमा भएको थियो । युरोपेली मेडिटेरेनियन सिस्मोला‘जिकल सेन्टरले सोमबार ६.४ म्याग्निच्युडको भूकम्पले धेरै भवनमा क्षति पु¥याएको र तीन जनाको ज्यान गएको जनाएको छ । गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको भूकम्पले तहसनहस बनाएको थियो, जसका कारण हजारौंले ज्यान गुमाएका थिए ।
६.४ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियाको सीमावर्ती क्षेत्रमा क्षति पुर्याएको छ भने गत फेब्रुअरी ६ मा गएको भूकम्पले पनि ठूलो क्षति पु¥याएको थियो । पछिल्लो भूकम्पले क्षतिग्रस्त भएका धेरै भवनहरु ध्वस्त भएका छन् । जसका कारण राहत कार्यमा बाधा पुगेको छ भने ३ जनाको मृत्यु भएको छ भने २ सय १३ जना घाइते भएका छन् । भूकम्पपछि हालसम्म ३२ वटा पराकम्पन गएको छ ।
टर्कीको प्रकोप एजेन्सीका अनुसार दक्षिणी हाते प्रान्तको समन्दगमा ५.८ म्याग्निच्युडको र अन्टाक्यामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । विगतमा गएको शक्तिशाली भूकम्पका कारण अहिले पनि मानिसहरु त्रासमा छन् । आज ६ दशमलव ४ रेक्टरको भूकम्प गएलगत्तै मानिसहरु घरबाहिर निस्किए र चारैतिर अस्तव्यस्त भएको थियो । रोयटर्सका अनुसार यसको केन्द्र टर्कीको अन्टाक्या सहरमा थियो र यसले धेरै भवनमा क्षति पुर्याएको छ। रोयटर्सका अनुसार भूकम्पको धक्का इजिप्ट र लेबनानमा पनि महसुस गरिएको थियो ।
फेब्रुअरी ६ मा टर्की–सिरियामा पनि भूकम्प गएको थियो, यो भूकम्पले दुवै देशमा ठूलो क्षति पु¥याएको थियो । भूकम्पका कारण हालसम्म ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको र यो संख्या दिनानुदिन बढिरहेको छ । ७.८ रेक्टर स्केलको भूकम्पका कारण हजारौं भवन भत्किएका छन् भने लाखौं मानिस फसेका छन् । द्रुत उद्धार कार्यको बावजुद, ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए। एजेन्सी
प्रतिक्रिया