
सुधान्शु गिरी जेठ २८
मिति २०७९/०२/२८ गते दिन शनिवार नेपाल प्रहरी र नेपाल भन्सार कार्यालय कृष्णनगरले जति तस्करी रोकथामको कुरा गरे पनि केवाल भनाई मात्र हो, दिलास मात्र देएको हो । खुले आम प्रहरीकै रोहवरमा रहर दालको बढी तस्करी भई रहेको देखिन्छ । यो कुरा हो कृष्णनगर पुरानो भन्सार जुन कि धर्मशाला अथवा भन्दा मिल्छ सानो भन्सार । यो ठाँउमा तीन छुटा छुटै ठाउँमा प्रहरी तैनात हुँदा हुँदै तस्करी गर्नले मजा संग ती प्रहरीको आँखा आगाडी बाट नै रहर दाल नेपाल (कृष्णनगर) बाट भारत (बढनी) बजार अथवा भारत (बढनी) बाट नेपाल (कृष्णनगर) बजारमा लैजान सफल भएकौ हुन ।
नेपाल शास्त्र प्रहरी सानो भन्सारमा हुन्छन भने नेपाल प्रहरी अझै अगाडि खुला सीमा नाकामा तैनात रहेको छन । सानो भन्सारमा लागेको क्यमरा तस्करी रोक थामको लागि हो कि के कति मुल्री बराबरको समान तस्करी भएको छ भन्ने बारे लगाएको छ । त्यो क्यमरा सही छ/ छैन थाह छैन । मिति २०७९/०२/१६ गते शास्त्र प्रहरी संग त्यस क्यामरको संचालन कहाँ को ले गरेको सोध पुछ गर्दा मुख्या भन्सार बात भई रहेको जानकारी प्राप्त भएको हो ।
जुन दिन तस्करी बाट भन्सारलाई राम्रो आम्दानी भएन भने भन्सार कर्मचारीले आम जनतालाई आफ्नो घर प्रयोजनको लागि नियमित सामान भारत को बढनी बाट ल्याउन रोक दिन्छन । एस.एस.बी प्रहरीले पारि बाट घरायसी समान छिडे पनि नेपाल भन्सार कर्मचारीले रोकने काम गरेको छन ।
तस्करी रोक्ने काम गर्दैनन् तर आम जनताले आफ्नो घरको ल्याईयेको समान रोक दिन्छ्न र भन्ने गर्छन कि मुख्य बाटो (मुख्य भन्सार) बाट लियेर जाऊ । यो कस्तो नीति नियम होला भन्सार कार्यालयको । आम जनतालाई मात्र हैरान परेशान गर्ने अनि तस्कर लाई छुट दिने ।
यस तस्करीमा साना साना बच्चाहरु (केटा/केटी) विधालय जाने उमेरमा तस्करी गरेको छन । आज त्यही बच्चाहरु सानो तस्करी गरेको छन भने भोलि ठूलो भएमा ठुलै तस्करी गर्ने छ्न । आजा दाल, चना, सुपारी, लुवांग, लुगा, मटर जस्ता समानको तस्करी गरेको छन भने भोलि लागु औषधीको गर्छन भने एक दिन आऊछ हाथ हतियारको तस्करी गर्छन । त्यति बेला को हुनेछ त्यस तस्करीको जिम्मेवार ?
प्रतिक्रिया