जन्मदिनको उपलक्ष्यमा १५जना बिद्यार्थीहरूलाई एक वर्ष सम्म पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता

 

सप्तरी
नविन निर्भय यादव /

ई संजिव नरायण यादवले आफ्नो जन्मदिनको उपलक्ष्यमा १५ जना बिद्यार्थीहरूलाई एक वर्ष सम्म पढाई खर्च ब्यहोर्ने यादवले प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

ई यादवले आफ्नो जन्मभूमीमा पर्ने सप्तरी श्रेत्र नम्वर ३ को गरिव दलित अति विपन परिवारको १५ जनालाई १ वर्ष सम्म लाग्ने, पढाई खर्च तिर्ने बताउदै, एक नगरपालिका र २ गाउँपालिका को सम्पूर्ण आम जनताहरुलाई आफ्नो कम्पनी बाट निशुल्क घरको नक्साबनाईदिने सेवा संचालन गरिएको बताउनु भएको छ।

ई संजिव नरायण यादवले १५ वोटा विद्यार्थीहरूलाई नि : शुल्क पढाईने अन्तर्गतमा विष्णुपुर गाउॅपालिकाको
नन्दनी कुमारी राम कक्षा-६
वार्ड नम्वर-१जमुनी मधेपुरा , अर्विन्द कुमार राम कक्षा-५
वार्ड नम्वर २ सिमराहा , अर्चाना कुमारी सदा कक्षा-४
वार्ड नम्वर ३ मुसहरनिया , पूजा कुमारी राम कक्षा-९
वार्ड नम्वर ४ कन्कट्टा , तेजु कुमार मरिक कक्षा-५
वार्ड नम्वर-५ कट्टी , वानी कुमारी सरदार कक्षा-३ वार्ड नम्वर ६ गोरगामा , पुजन कुमारी मंडल
अति विपन कक्षा-९ वार्ड नम्वर-७ ईटहरी रहेको छ।

त्यस्तै गरि रुपनी गाउँपालिकामा तरविन कुमार राम
कक्षा- ४ वार्ड नम्वर-१ रायपुर , रोशन पासवान
कक्षा-२ वार्ड नम्वर-३ कटैया , कमलेश कुमार राम कक्षा-७
वार्ड नम्वर-४ छपकी , पिंकी कुमारी चौधरी थारु कक्षा-५ वार्ड नम्वर-५ तर्हौता त्यस्तै गरि शम्भूनाथ नगरपालिकामा मोहम्द ईमरान
अति विपन कक्षा-५
वार्ड नम्वर-१ खैरवोना , निकिता कुमारी चौधरी थारू अति विपन
कक्षा-४ वार्ड नम्वर-८ पोखरिया, लक्ष्मी खंग कक्षा-२ वार्ड नम्वर-८
सबिता चौधरी कक्षा-५ वार्ड नम्वर-५, संगै जय सूर्य कन्सल्टेन्ट प्रा लि राजविराज द्वारा संचालित कम्पनीले विगत लामो समयदेखि पत्रकार मिडियाकर्मी संगै विष्णुपुर गाउॅपालिका को सम्पूर्ण आम जनताहरू लाई निशुल्क मा परामर्श अर्थात् घर को नक्सा सेवा आफ्नो जन्म दिन को उपलक्ष्यमा दिदै आएको बताउनु भएको छन् ।

उक्त कार्यको लाभ उठाउन सम्पूर्ण विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका को वार्ड नं.१ देखी ११, रुपनी गाउॅपालिकाको आम जनताहरु लाई आग्रह सहित अब उपरान्त बिना नक्साले कोहि पनि घर नबनाउनु होला, यो संगै पालिकाहरु शहर मा परिवर्तन गराउने प्रतिबद्धता दिनु भएकोछ ।हाल निशुल्क मा १ नगरपालिका र २ गाउॅपालिका लाई परामर्श सेवा अर्थात् घरको नक्सा सहित डिजाईन Drawing लगायत सुपरभिजन चार्ज निशुल्क मा सेवा संचालन गरेको ईन्जिनियर संजिव नारायण यादवले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार