बोदे बर्साईनमा आलोक सागर प्रथम स्मृति दिवस कार्यक्रम सम्पन्न

 

बोदे बर्साईन ।

समाजसेवी , जनमत पार्टी बोदे बर्साईन नगरका संयोजक तथा युवा नेता स्व.इन्जिनियर आलोक सागर यादवको प्रथम स्मृति दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।

नगर , क्षेत्रको समग्र विकासको निम्ति विगत दुई दशक देखि निरन्तर लागेका स्व ई.सागरलाई “जनमत पार्टीका नेताकार्यकर्ता तथा बोदे बर्साईन नगर वासीले बोदे बर्साईनमा एक कार्यक्रम विच सम्झिएको हो ।

एक वर्ष अघि कोभिड-१९ बाट जेठ् २६ गतेका दिन मृत्यु भएका थियोे , ३३ वर्षकै उमेरमा कोभिड भाइरस पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा उनको निधन भएको थियो ।

विभिन्न संघसंस्था , सरोकारवाला र राजनीतिक निकायहरुलाई समेट्दै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने कार्यमा स्व.यादवले मुख्य भूमिका खेलेका थिए ।

३३ बर्षको समय हुदा पनि आप्mनो जीवन समाजसेवामा बिताएका स्व.यादव जीवनको पूर्वाद्धमा रहेका थिए । उनको नेतृत्वकालमा बोदे बर्साईन नगरको गाँउमा खाने पानी, सडक, सिंचाइ, हेल्थपोष्ट, सरसफाइ जस्ता अनेक विकासका कार्यहरु सम्पन्न भएका थिए भने २०७६ साल मा डा सि.के राउत नेतृत्वको पार्टी जनमत पार्टीमा प्रवेश गरि बोदे बर्साईन नगरपालिकाको नगर अध्यक्षमा महत्वपुर्ण योगदान दिएको अग्रजको भनाइ छ।

उनको सम्झनामा “ई.आलोक सागर यादव स्मृति पार्क” समेत केही समय पछि निर्माण गरिने जनमत पार्टीका केन्द्रिय नेताकार्यकर्ताले बताए । उनको योगदानलाई सम्झना योग्य बनाउन पञ्चासे संग सरोकार राख्ने विभिन्न संघसंस्था तथा समाजले पञ्चासेमा आलोक सागर यादव स्मृति पार्क निमार्ण गरिने जनमत पार्टीका नेताकार्यकर्ताले बताएका छन ।

सो अवसरमा एक कार्यक्रमको बीच प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेसी , जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला सचिब थनेश्वर प्रसाद यादव ,जिल्ला जनमत युवा संघका स-सचिब सुभाष यादव , जनमत पार्टी बोदे बर्साईन नगर उपाध्यक्ष सुकदेव साह , बोदे बर्साईन नगरका बरिस्ठ सल्लाहकार बालेश्वर प्रसाद यादव , नेता रिशिकेस ठाकुर , मालाकर यादव लगायतका जनमत पार्टीका दर्जनौं नेताकार्यकर्ताको सहभागी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार