
खोज तलास खबर, जनकपुरधाम: शाहरुख खानको फिल्म ‘जवान’ को सेटबाट उनको एक लेटेस्ट भिडियो लीक भएको छ ।
उक्त भिडियो हेरेर उनका फ्यानहरू उत्साहित भएका छन् । किनकि, यो फिल्ममा पनि फ्यानहरूले आफ्ना फेभरेट स्टारलाई एक्सन मोडमा देख्न पाउनेछन् ।
जवान फिल्मको सेटबाट लीक भएको भिडियाे छोटो छ तर भिडियोमा जुन स्वरूपमा शाहरुख देखिएका छन्, त्यस हिसाबबाट उनका फ्यान्स उत्साहित भएका हुन् । फिल्म जवानको निर्देशन एटलीले गरिरहेका छन् ।
यो फिल्म शाहरुखको बलिउडमा चार वर्षको कमब्याकपछि दोस्रो फिल्म हुने छ । शाहरुख खानको फिल्म पठानले देशविदेशमा हंगामा मच्चाएको थियो ।
प्रतिक्रिया