स्ववियु निर्वाचन : आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने

खोज तलास खबर,  जनकपुरधाम:    चैत ४ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ ।

 

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ।

 

शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ। सो दाबी बिरोध पछि भोली ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार