रामएकवाल राम दोहा,कतार
यसै वर्ष कतारमा हुने फिफा विश्वकप-२०२२ मा अस्ट्रेलिया छनोट हुन सफल भएको छ ।
विश्वकप छनोट अन्तर्गत सोमबार राति कतारको रैयान स्थित अहमद विन अली स्टेडियममा सम्पन्न इन्टरकन्टिनेन्टल छनोटको फाइनलमा दक्षिण अमेरिकी देश पेरुलाई सडनडेथमा हराउँदै एसियाली राष्ट्र अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का बनाएको हो ।
प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल ट्राईबेकर पुगेको थियो । पेनाल्टी सुटआउट पनि बराबरी भएपछि सडनडेथमा पुगेको खेलमा ५–४ को रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।
यो संगै अस्ट्रेलिया कतार बिश्वकपमा छनोट हुने ३१ औं देश भएको छ । आज राती न्युजिल्यान्ड र कोस्टारिका बीचको खेल संगै बिश्वकपमा सहभागी सबै ३२ देशको टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया