लहानका उपमेयर महतोका अनुगमन समितिद्वारा पसल उधोग अनुगमन

 

लहान, ३ असार

लहान नगरपालिकामा बजार अनुगमनमा निरन्तरता दिएका छन्। लहानका उप-प्रमुख राम चलितर महतोको अनुगमन टोलिले पसल उधोग अनुगमन गरेका छन्।
पैसा तिरेपछि स्वस्थ, स्वच्छ तथा ताजा खानेकुरा पाउँनु पर्ने हो । तर, लहानमा ठीक उल्टो अखाद्य पदार्थबाट बनेको खाना पकवान होटलहरुमा फेला परेको छ । बजार अनुगमन समितिले लहानमा अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको पकवान बनाउँने मासु,मेदा,खानेतेल म्याद गुज्रिएको समान फेला पारेको छ।

योसँगै लेवल विनाको भुजिया, दही र प्रतिबन्धित दुधको धुलो अनुगमन समितिले फेला पारेको छ।होटलमा पकाउन ल्याउँने मेदा, मासु, खानेतेल, दही नै म्याद गुज्रिएको छ भने त्यसबाट बनाउँने पकवान त्यसै विषसरह म्याद गुज्रिएको हो।यसमा स्टोर तथा डिलरलाई जाँच गर्नुपर्ने हो स्थानीय उपभोक्ता जगदीश मण्डल बताउँछन्।

एक होटलले किराना पसलबाट खानेतेल आजै किनेर ल्याउँदा म्याद गुज्रिएको पाइएको छ।सो निलमनी नामक खानेतेल बजारमा म्याद गुज्रिएको अनुगमन समितिले फेला पारेको छ । त्यसैगरी वीरगन्ज खाद्य परवानीपुर पर्साबाट उत्पादित मेदा अधिकाँश होटलमा म्याद गुज्रिएको फेला पारेको छ। मेदा ४५ दिनभित्रै प्रयोग गर्नुपर्ने लेखिएको भएपनि ६५—७० दिन वितिसकेको फेला पारेको छ।

त्यसैगरी, फ्रिजमा राखिएको मासु, खुला रुपमा राखिएको तथा झिँगा भिन्केको मासु फेला पारेको छ। मासु पसलमा व्यापक फोहोर रहेको र अखाद्य पदार्थको प्रयोग भएको समान फेला पारेको छ।पशु एग्रो पसलमा समेत म्याद गुज्रिएको औषधी अनुगमन समितिले फेला पारेको छ । मिल्को डेरी उद्योगमा नेपालमा प्रतिबन्धित दुधको पाउडर समितिले फेला पारेको छ ।

मिल्को डेरीको प्रतिबन्धित दुध पाउडर कमाउन्डभित्रै नष्ट गरिएको छ।अनुगमन समितिले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न तथा फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ ।

लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार उपमेयर रामचलितर महतोको अगुवाईमा लहान बजार अनुगमन गरिएको छ ।अनुगमन समितिमा खाद्य सुरक्षा तथा गुणस्तर बिकास कार्यालय राजबिराजका सुरेन्द्र कुमार सिंह लहान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खेमन्द भुसाल,लहानका पशु बिकास अधिकृत राम कृष्ण यादव,लहान प्राविधिक शिक्षाल्यका डा.ललित कुमार यादव,लहानका जन स्वास्थ अधिकृत जगदीश मण्डल,पशु बिकास स्वास्थ अधिकृत छैठाे बिशेश्वर प्रसाद चौधरी,ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक बिरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता, पत्रकार फिरोज शेख, गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, लहान १५ का वडा अध्यक्ष तथा लहान अनुगमनका प्रतिनिधि तेज नारायण चौधरी लगायतका ब्यक्तीहरुले बजार अनुगमन गरेका छन्।बजार अनुगमनलाई निरन्तरन्ता दिने उपमेयर रामचरितर महतो बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार