वैशाख ७ गते सूर्यग्रहण लाग्ने

खोज तलास खबर, जनकपुरधाम !  शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताए ।

 

यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख  ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार