सर्लाहीमा नवारनको भोज खाएर फर्किने क्रममा कार दुर्घटना हुदा रौतहटको एक जना बालकको घटना स्थलमा मृत्यु

 

सर्लाही ५ गते आईतवार //
सर्लाहीमा न्वारनको भोज खाएर फर्किने क्रममा कार दुर्घटना हुदाँ रौतहटको वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षिय गम्भिर यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ भने सातजना घाईते भएका छन् ।

दुर्घनामा परेको बिआर ०५ एआर५१३७ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो । कारमा चालकसहित ९ जना सवार थिए । सर्लाहीको धनकौन गाउँपालिका वडा नं. ५ स्थित छठी घाट पुलमा छतौनाबाट छठियारको भोज रौतहट वृन्दावन हरैया तर्फ फर्किने क्रममा उक्त कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि कारका चालक फरार भएका छन।

कारमा सवार अन्य सात जना घाईतेहरुको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ ।घाईते हुनेहरुमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षिय महेन्द्र राय, सोही ठाउँका ४ वर्षिय अमित कुमार यादव, ६ वर्षिय अनिकेत यादव, १० वर्षिय गौतम कुमार यादव, १४ वर्षिय मिरा कुमारी यादव, १७ वर्षिय शोभा कुमारी यादव, ३२ वर्षिय जितेन्द्र कुमार यादव रहेका छन् ।

घाईतेमध्ये ७० वर्षिय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चोट लागेको छ । महेन्द्रको भने शरीरका विभिन्न भागमा चोट लाग्नुको साथै तिघ्रा भाँचिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधव प्रसाद बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार