
जनकपुरधाम ।
जनकपुरधामको मेयरमा स्वतन्त्रबाट लडेर पराजित भएका बलराम महतो जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जसपाले जनकपुरधाममा आयोजना गरेको एक समारोहबीच अध्यक्ष उपेन्द्र यादवले महतोलाई पार्टीमा भित्र्याएका हुन् । उनलाई अध्यक्ष यादवले पार्टीको सदस्यता पनि प्रदान गरेका छन् ।
धनुषा क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमति गरेर महतो जसपामा प्रवेश गरेको बताइएको छ । तर यो सहमतिबारे जसपा नेताहरू केहि बोलेका छैनन् ।रमण कन्स्ट्रक्सन छोराको नाममा नामसारी गरी महतो मेयरमा चुनाव लडेका थिए
प्रतिक्रिया