हुम्लामा ६ दिनपछि अवरुद्ध हवाई सेवा सुरु

खोज तलास खबर, जनकपुरधाम  !  हुम्लामा अवरुद्ध हवाई सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाई सेवा शुक्रबारबाट सुरू भएको हो ।

 

६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाई सेवा सुरू भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

 

शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचारु भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार