मोटरसाइकल दुर्घटनामा परि कपिलवस्तुका एक युवकको मृत्यु

 

बुटवल

रूपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको हो।दिउँसो ४ बजेतिर उक्त दुर्घटना भएको र मृतकको शव पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार