रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या 

खोज तलास खबर, जनकपुरधाम  !  रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

 

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो । टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार