
आशिक हुसैन शेख दोहा कतार-
प्रवासी नेपाली मञ्च कतार द्वारा आयोजना शुभकामना आदानप्रदान तथा बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।
प्रवासी नेपाली मञ्च कतारले मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत इफ्तार कार्यक्रम” हुन लागेको हो ।
२१ अप्रिल २०२२ बिहीबार का नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभा हलमा दिउसो ३:०० बजे देखि शुरुहुने कार्यक्रममा दोहा कतारमा स्थापित सम्पूर्ण संघसंस्था, तथा मुस्लिम समाज र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको प्रवासी नेपाली मञ्च कतार का अध्यक्ष चानक पोखरेलले जनाएको छ ।
प्रतिक्रिया