प्रतिनिधिसभामा दुई विधेयक पेस, सूचना प्रविधि र औद्योगिक सम्पत्तिसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्ने

खोज तलास खबर, जनकपुरधाम ! काठमाडौँ, असार २९ – प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक पेस गरिएको छ। सूचना प्रविधि तथा साइबर सुरक्षाका साथै औद्योगिक सम्पत्तिसम्बन्धी कानुनी संरचना निर्माण गर्न उद्देश्य राखिएको यी विधेयकहरू संसदमा प्रस्तुत भएका हुन्।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार समेत सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ संसदमा पेश गर्नुभयो। विधेयकले डिजिटल क्षेत्रको सुरक्षित प्रयोग, साइबर अपराध नियन्त्रण तथा प्रविधिको मर्यादित विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभयो। यो विधेयकले उद्योग तथा व्यापार क्षेत्रसँग सम्बन्धित बौद्धिक सम्पत्ति संरक्षण, प्रविधिको नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनमा कानुनी आधार प्रदान गर्नेछ।

 

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत यी विधेयकहरू आगामी बैठकमा छलफलका लागि अघि बढाइने जनाइएको

प्रतिक्रिया

सम्बन्धित समाचार