धनुषा : कमला नगरपालिका–५ का निर्वाचित वडा अध्यक्ष शिवा पासमान नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा (एमाले)मा प्रवेश

खोज तलास खबर, जनकपुरधाम ! धनुषाको कमला नगरपालिका–५ का वडा अध्यक्ष शिवा पासमानले नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मadesh प्रदेश सभा सदस्य लखन दासको पहलमा र नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको उपस्थितिमा आयोजित कार्यक्रममा पासमानले एमालेमा प्रवेश गरेका हुन्।

 

पार्टी प्रवेश समारोहमा महासेठले शिवा पासमान र स्थानीय युवा नेता अजय कुमार गोइतलाई टीका र गम्छा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा सहभागी एमाले नेताहरूले नवप्रवेशी नेताहरूले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरूलाई बधाई र शुभकामना दिएका थिए।

 

शिवा पासमान हाल कमला नगरपालिका–५ का वडाध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पुनः दोहोर्‍याएर वडाध्यक्ष बनेका छन्। अर्का नेता अजय कुमार गोइत भने स्थानीय तहमा सामाजिक र राजनीतिक रूपमा सक्रिय युवा नेताका रूपमा परिचित छन्।

 

पार्टी प्रवेशपछि पासमान र गोइतले एमालेको नीति तथा कार्यक्रमलाई अघि बढाउँदै कमला नगरपालिका र धनुषा जिल्लामा पार्टीको प्रभाव विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार