जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

खोज तलास खबर, जनकपुरधाम ! लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८(२) बमोजिम सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले ६ दलको समर्थनसहित ५७ जना प्रदेशसभा सांसदको हस्ताक्षर संलग्न गर्दै सरकार गठनको दाबी पेश गरेका थिए।

 

सत्ता दाबीका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले पनि जनमत पार्टीको समर्थन रहेको दाबी गर्दै प्रतिस्पर्धा गरे पनि जनमत पार्टीले त्यसको खण्डन गरेपछि बहुमत सोनलको पक्षमा पुगेको हो।

 

यस प्रक्रियामा जनमत पार्टीभित्र आन्तरिक विभाजन देखिएको छ। निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले पार्टी छाडेर जनस्वराज पार्टीतर्फ लागेपछि पार्टीभित्र असन्तोष चुलिएको छ। सोही क्रममा साधारण झडपसमेत भएको जनाइएको छ।

 

मुख्यमन्त्री सोनल अब नयाँ सरकार गठनको तयारीमा जुट्ने छन्। यसबीच मधेश प्रदेशको सत्ता समीकरणमा पुनः परिवर्तन देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार