खोज तलास खबर, जनकपुरधाम ! महोत्तरीको गौशाला बजार क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीको जानकारीका आधारमा प्रहरी टोली घटनास्थलमा पुगेर शवको पहिचान र अनुसन्धान कार्य अघि बढाएको गौशाला प्रहरी कार्यालयले जनाएको छ।
प्राथमिक अनुसन्धान अनुसार सो पुरुषले अत्यधिक रक्सी सेवन गरेका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। तर, मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र मृतकको परिचय सार्वजनिक गर्ने तयारी भइरहेको गौशाला प्रहरी कार्यालयका अधिकारीहरूले बताएका छन्।




प्रतिक्रिया