उमेश कुमार साह
खोज तलास खबर, जनकपुर धाम ! आगामी फाल्गुन २१ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा नेपाल सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ ।
जसपा नेपालका युवा नेतृ तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार डा . बबी सिंह यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग बुधबार बिहान बोदे बर्साईन नगरपालिकाका भित्री टोलहरूबाट घरदैलो गरिरहेका छिन ।
त्यसक्रममा उम्मेदवार यादवले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको समाजिक कार्यको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरे । घरदैलोका क्रममा स्थानीयले उम्मेदवार यादवलाई स्वागत गरेका थिए ।

निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपा बोदे बर्साईनले घरदैलो कार्यक्रम सुरू गरेको हो । घरदैलो कार्यक्रममा पार्टीका बरिस्ठ नेताकार्यकर्ता ,जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी रहेको प्रचार सचिवालयले जनाएको छ ।







प्रतिक्रिया