खोज तलास खबर, जनकपुरधाम !धनुषा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उमेदवार रामचन्द्र मण्डलले आज मिथिला बिहारी नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं. १ भुतही पटेर्वा तथा वडा नं. ३ मिथिलेश्वर मौवाहीमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको थियो। कार्यक्रममा उमेदवार मण्डलले स्थानीयवासीसँग भलाकुसारी गर्दै आफ्ना राजनीतिक एजेण्डा र विकासका प्रतिबद्धताहरू प्रस्तुत गर्नुभयो।
स्थानीय जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासका विषयमा चासो व्यक्त गर्दै आफ्ना समस्या र अपेक्षाहरू राखेका थिए। मण्डलले जनताको सुझाव र गुनासोलाई गम्भीरतापूर्वक सुनेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा मण्डललाई विजयी गराउने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया