
बाँके । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरे पछि राप्ती छेउछाउमा रहेका गाउँहरुको स्थलगत अनुगमन गर्न नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह निस्किनु भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।
राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका नरैनापुर गाउँपालिकाको वडा नं ६,५, राप्ती सोनारीको वडा नं ७ र डुडुवा गाउँपालिकाको होलिया बेतहनी, कम्दी लगायतका स्थान बाढीबाट प्रभावित हुँदै आएका छन् ।
प्रतिक्रिया