जसपामा महाभुकम्प : केन्द्रीय सदस्यसहितका नेताहरुद्वारा सामूहिक राजीनामा ! Khoj Talash Khabar

सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा), नेपालमा पहिरो गएको छ । जसपाको खम्बाको रुपमा रहेको सिरहामा केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि महाभुकम्प गएको हो ।

जसपाका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका दर्जन नेता कार्यकर्ताले एक कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।

 

उनीहरुले पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले भन्दै सामूहिक राजीनामा दिएको बताएका छन् ।

जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साहले जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफुहरु बाध्य भएर राजीनामा गर्नुपरेको बताएका छन् ।

 

विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलाएर पनि बिकास निर्माणको काममा सिरहा शुन्य रहेको उनले गुनासो गरे ।

 

मधेसवादीको स्थापना भएको बेला विभेदलाई अन्त गर्नका लागि भन्दै जसपा पार्टी स्थापना भएको थियो । तर पार्टीले मुख्य एजेन्डा छोडेर जानथालेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाइ छ ।

 

जसपा पार्टी तानाशाही पार्टी रहेकोले हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको उनले बताए ।

 

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञानकुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने तयारी रहेको एक नेताले   बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार