मलंगवामा इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या

खोज तलास खबर, जनकपुरधाम ! सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको छ।

३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ः५० बजे घर बाहिर बोलाई गोली हानिएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पु¥याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।

मृतक यादव सिरहाको सुखीपुर गाउँपालिका–३ निवासी हुन्। उनी विगत एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएका थिए।

घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण बनेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको जनाएको छ। संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार