जागीर को पहिलो दशै

शुशिला कुमारी, महतो ( शिक्षिका)

खोज तलास खबर, जनकपुरधाम ! जागीर को पहिलो दशै खुब धाक लगायो।

परिवार र आफन्तमा खुसी नै खुसी छायो।

यसपालिको दशैमा खुब रमाइलो हुन्छ ठान्यो

साथीभाइ सबैलाई ठुलो पार्टी दिन्छु भनी हाल्यो।।

 

मगहो मिठाई ल्याएर सबैमा बढछु भनी सोच्यो

घर परिवार सबैलाई नयाँ कपडा दिन्छु भनी मक्ख पार्यो

तलबको एक मुस्ठ पैसा साथमा आउँछ दशै भत्ता

सोच्दै मक्ख भइ खुशीले नाच्न मन लाग्यो ।।

 

दशैको पहिलो दोस्रो गरि चौथो दिन सम्म कुर्यो।

दिनको सयौं पटक पनि बैंक खाता हेरि बस्यो।

पाँचौ छैठौं सातौं दिन पनि कुर्दाकुर्दै बित्यो

तर आएन तलब खै कता गइ बाटोमा नै फस्यो।।

 

घरमा सबै खोज्न थाल्यो दशैको नयाँ लुगा

साथीभाइ पनि आतियो कहिले हुन्छ पार्टी

अब के गरु हे भगवान! छैन कुनै उपाय

मोबाईल बन्द गरि लुक्ने बनायो छैन कोहि सहाय।।

प्रतिक्रिया

सम्बन्धित समाचार