खोज तलास खबर, जनकपुर धाम! नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।
ब्रेन स्ट्रोकको समस्याका कारण काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहनुभएका आलमको आज बिहान करिब ३ बजे निधन भएको परिवारले जनाएको छ।
नेता आलम विगत केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त रहनुभएको थियो। उहाँको असामयिक निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको नेताहरूले बताएका छन्।
उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले आलमको योगदानलाई स्मरण गर्दै उहाँ लोकतान्त्रिक आन्दोलन र विकासका क्षेत्रमा सक्रिय नेता रहेको बताएका छन्।
यस दुःखद घडीमा परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।





प्रतिक्रिया