खोज तलास खबर, जनकपुरधाम ! लगातार वर्षाका कारण देशका तीन विमानस्थलमा शनिबार उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षा जारी रहेकाले मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको हो।
नेपाल वायुसेवा निगमका अनुसार खराब मौसमका कारण यी विमानस्थलमा दृश्यता न्यून भई उडान गर्न असम्भव भएको हो। निजी वायुसेवाहरूले समेत उडान तालिका स्थगित गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा शनिबार पनि वर्षा भइरहेको छ।
तर, भोलिदेखि देशका अधिकांश भूभागमा मौसम क्रमशः सुधार हुने र आंशिकदेखि सामान्य खुला हुने मौसमविद्हरूले जनाएका छन्।





प्रतिक्रिया