प्रधानध्यापक संघ नेपाल धनुषा जिल्ला कार्यसमितिको नियमित मासिक बैठक सम्पन्न

सैफुल्ला राइन

खोज तलास खबर, जनकपुरधाम ! धनुषा, गणेशमानचारनाथ — प्रधानध्यापक संघ नेपाल, धनुषा जिल्ला कार्यसमितिको नियमित मासिक बैठक शनिबार गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ३ स्थित भरतपुर माविमा सम्पन्न भएको छ।

 

उक्त बैठकको औपचारिक उद्घाटन कार्यक्रम गणेशमान चारनाथ नगरपालिकाका उप–प्रमुख तुलसा कुमारी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गणेशमान चारनाथ नगरपालिका शिक्षा अधिकृत छोटी मुखिया तथा विशेष आमन्त्रण अतिथिका रूपमा प्रधानध्यापक संघ (PAN) का प्रदेश संयोजकको समेत उपस्थिति रहेको थियो।

 

बैठकमा जिल्लाभरका प्रधानध्यापकहरूले विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर, शिक्षक अभाव, र वर्तमान शैक्षिक नीतिहरूमा छलफल गरेका थिए।

 

उपप्रमुख पाण्डेले आफ्नो मन्तव्यमा स्थानीय सरकार शिक्षाको गुणस्तर वृद्धिमा निरन्तर लागिरहेको बताउँदै प्रधानध्यापकहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

 

शिक्षा अधिकृत मुखियाले शिक्षक प्रशासन र विद्यालय व्यवस्थापनबीच समन्वय जरुरी रहेको औंल्याउँदै सरोकारवाला निकायसँग सहकार्यमा जोड दिनुभयो।

 

कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिवले गर्नुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्षले गर्नुभएको थियो।

 

बैठकले विभिन्न निर्णयहरू समेत गरेको छ जसले आगामी दिनमा जिल्ला भित्रको शैक्षिक वातावरणलाई अझ सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार