खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–११ डुमरिया निवासी रामबाबु मुखियाका ८ वर्षीय छोरा सोनु मुखिया लखवा (पक्षघात) रोगबाट पीडित भएका छन्। सानै उमेरमा गम्भीर रोगबाट ग्रसित भएपछि उनको परिवार गहिरो आर्थिक तथा मानसिक संकटमा परेको छ।
परिवारका अनुसार सोनु मुखियाको उपचारका लागि ठूलो रकम आवश्यक रहेको छ। तर कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गर्न कठिनाइ भइरहेको रामबाबु मुखियाले बताउनुभएको छ। छोराको ज्यान बचाउनका लागि उहाँले देश तथा विदेशमा रहनु भएका सबै सहयोगी मनहरूलाई आर्थिक तथा नैतिक सहयोग गरिदिन हार्दिक अपिल गर्नुभएको छ।
सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले पीडित बालकका बुबा रामबाबु मुखियासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने जनाइएको छ।
सम्पर्क नम्बर: ९८२०२२५९२६
यसैबीच, स्थानीय समाजसेवी तथा सचेत नागरिकहरूले पनि लखवाबाट पीडित बालक सोनु मुखियाको उपचारमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन्।







प्रतिक्रिया