दुबै मृगौला फेल भएका संजित मण्डललाई हेल्प मधेशी साउदी र मलेसियाबाट आर्थिक सहयोग

खोज तलास खबर, जनकपुरधाम  ! कमला नगरपालिका–८ माची मुङग्राहा (स्कुल टोल) निवासी संजित मण्डलको दुबै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेका अवस्थामा हेल्प मधेशी अन्तर्राष्ट्रिय संस्था मार्फत आर्थिक सहयोग प्राप्त भएको छ।

 

संजित मण्डलकाे गम्भीर स्वास्थ्य समस्याको जानकारी पाएपछि हेल्प मधेशी साउदी शाखाले रु १८,६३१ आर्थिक सहयोग हस्तान्तरण गरेको हो। साथै, हेल्प मधेशी मलेसिया बाट केन्द्रीय सचिव तुलाराम मण्डलले रु ५०० र मिडिया कोर्डिनेटर देव नारायण महतोले रु १००० प्रदान गर्नुभएको छ। यसरी कुल रु २०,२०० सहयोग संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

 

सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प मधेशी अन्तर्राष्ट्रिय समितिका सचिव विजय कुमार मण्डल, हेल्प मधेशी नेपालका कार्यवाहक अध्यक्ष संजय यादव, केन्द्रीय सचिव तुलाराम मण्डल, मिडिया कोर्डिनेटर देव नारायण महतो, धनुषा जिल्ला अध्यक्ष राजेन्द्र यादव, सह–सचिव जमीर मंसुर, र धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अरुण कुमार मण्डलको उपस्थिति रहेको थियो। साथै, स्थानिय युवा तथा समाजसेवीहरू समेत कार्यक्रममा सहभागी भएका थिए।

 

पीडित संजित मण्डलको परिवारले सहयोगदाताहरू तथा हेल्प मधेशी संस्थाका सम्पूर्ण पदाधिकारी र सदस्यप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। स्थानीय नगरवासीहरूले पनि हेल्प मधेशी संस्थालाई एक उत्कृष्ट सामाजिक संस्था भन्दै प्रसंसा गरेका छन्।

 

संस्थाका पदाधिकारीहरूले संजित मण्डलको थप उपचारका लागि अन्य दाताहरूसँग पनि समन्वय गरी सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार