खोज तलास खबर, जनकपुरधाम !। धनुषा जिल्लाको सबैला नगरपालिका अन्तर्गतको नगर युवा सञ्जालले नयाँ नेतृत्व चयन गरेको छ। हालै सम्पन्न सञ्जालको बैठकले अमरुल्लाह राइनलाई सर्वसम्मत रूपमा कोषाध्यक्षमा चयन गरेको हो।
बैठकमा सञ्जालका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सर्वसम्मत निर्णयका आधारमा गरिएको नेतृत्व चयनबाट सञ्जालको गतिविधि अझ प्रभावकारी र परिणाममुखी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित कोषाध्यक्ष राइनले युवाहरूको हकहित, अधिकार र सञ्जालको सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सञ्जाललाई एकजुट, सबल र क्रियाशील बनाउने लक्ष्यसहित अगाडि बढ्ने बताएका छन्।







प्रतिक्रिया