लहान नगरपालिका–२३ मा नवनिर्मित दुई कोठे विद्यालय भवनको उद्घाटन

शियाराम यादव ,मंसिर -०४

खोज तलास खबर, जनकपुरधाम ! सिरहा जिल्लाको लहान नगरपालिका–२३ स्थित श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे भवनको हिजो एक भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। भवन उद्घाटन जिल्ला समन्वय समितीका प्रमुख दिनेश कुमार महतो र वडा अध्यक्ष बद्री यादवले संयुक्त रूपमा उद्घाटन गर्दै विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

 

उद्घाटन समारोहमा वडा सदस्य सत्रुधन यादव, लहान जसपा नगर समिति अध्यक्ष रामउदगार महतो, समाजसेवी राम विलाश यादव, जसपा नेपालका वडा समिती अध्यक्ष जागेश्वर यादव लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

 

प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो दुई कोठे भवनले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, सुरक्षा र अध्ययन वातावरणलाई अझ सहज, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। आधुनिक सुविधासहित निर्मित भवनले विद्यार्थीहरूको सिकाइ क्षमता वृद्धि गर्न र शिक्षक–विद्यार्थी दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम जिल्ला समन्वय समिती प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सहभागीहरूका अनुसार यो पूर्वाधार विकास विद्यालय मात्र होइन, समग्र लहान–२३ को शिक्षाको उज्ज्वल भविष्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा रेकर्ड गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार