खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं–९ का वडा अध्यक्ष श्री मनिष राय अमात ज्यूले श्री शेखर जनचेतना आधारभूत विद्यालय, भठिहनका कक्षा १ देखि ७ सम्म अध्ययनरत Top 10 उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालय झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेका छन्।
विद्यालयमा एक सानो समारोहका बीच सम्पन्न उक्त कार्यक्रम विद्यालय परिवारका लागि प्रेरणादायी बनेको विद्यालयले जनाएको छ। शिक्षामाथि विशेष रुचि राख्दै आएका वडाअध्यक्ष अमातले विद्यार्थीहरूको मेहनत, नियमितता र लगनशीलतालाई प्रोत्साहित गर्न यो सहयोग गरिएको बताइएको छ।
विद्यालय परिवारले वडाअध्यक्ष अमातप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँको शैक्षिक क्षेत्रप्रतिको लगाव, विद्यार्थीमाथिको माया र उज्ज्वल भविष्य निर्माणप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको जनाएको छ। विद्यालयका अनुसार यस्ता सहयोगहरूले विद्यार्थीमा उत्साह, प्रेरणा र सिकाइप्रतिको सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।
विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवका अनुसार उत्कृष्ट विद्यार्थीलाई सम्मान र प्रोत्साहन प्रदान गर्दै शिक्षा क्षेत्रमा समुदायको सहभागितालाई अझ सबल बनाउने उद्देश्य राखिएको छ।







प्रतिक्रिया