कृष्णनगरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

खोज तलास खबर, जनकपुर धाम ! कृष्णनगर खानेपानी संस्थान नजिक आज ट्राफिक असई दीपक राज गिरीको नेतृत्वमा एक मिनेटे ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई स्थानीय सवारी चालक तथा पैदलयात्रीलाई लक्षित गरी सञ्चालन गरिएको थियो।

 

सचेतनामूलक कार्यक्रममा साना–ठूला सवारीसाधन तथा साइकल चालकलाई सुरक्षित रूपमा सवारी चलाउने तरिका, बाटोमा प्राथमिकता दिने नियम, तीन वा चारतिरि सडकघुम्तीमा इन्डिकेटरको उचित प्रयोग, हाई–लो हेडलाइट कहिले र कहाँ प्रयोग गर्ने जस्ता महत्वपूर्ण विषयमा जानकारी दिइएको थियो।

 

यसबाहेक, नागरिक एपको प्रयोग, सवारीसाधन चलाउँदा ब्लु बुक, सवारी चालक अनुमतिपत्रलगायत अनिवार्य कागजात हरु साथमा राख्नुपर्ने नियमबारे पनि जानकारी प्रदान गरिएको थियो।

 

मोटरसाइकल चालकका लागि हेल्मेट, जुत्ता, मास्क, चश्मा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा एक मोटरसाइकलमा दुईभन्दा बढी यात्रु नबसाल्न चेतावनी दिइयो। कार चालक तथा यात्रुलाई सिटबेल्ट अनिवार्य रूपमा लगाउन आग्रह गरिएको थियो।

ट्राफिक असई गिरीले छोटकरी तर प्रभावकारी रूपमा सबै चालकलाई सडक सुरक्षासम्बन्धी नियम पालना गर्न प्रेरित गर्दै दुर्घटना न्यूनिकरणमा सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार