मुसहर समुदायका सफल विद्यार्थीहरूलाई जनकपुरमा सम्मान

खोज तलास खबर, जनकपुरधाम !नेपाल राष्ट्रिय मुसहर संघ केन्द्रीय कार्यालय जनकपुर समितिको आयोजनामा एक भव्य सम्मान समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा एसईई, +२, स्नातक तथा स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेका मुसहर समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सल्लाहकार समितिका प्रमुख तथा समुदायका चार दशक लामो अभियन्ता कपलेश्वर सदा उपस्थित थिए। उहाँले मुसहर समुदायको शैक्षिक उत्थानका लागि निरन्तर जागरण आवश्यक रहेकोमा जोड दिनुभयो।

 

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय दिना भद्रि संघ, ऋषिवंश एकता समाज, सक्षम महिला केन्द्र, र भोर संस्थाले सहकार्य गरेका थिए।

 

सम्मान कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र वितरण गरिएको थियो। वक्ताहरूले मुसहर समुदायमा शिक्षा विस्तारले ल्याउनसक्ने सामाजिक परिवर्तनमाथि जोड दिएका थिए।

कार्यक्रमले मुसहर समुदायमा सकारात्मक प्रेरणा र हौसला प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार