सैफुल्ला राइन
खोज तलास खबर, जनकपुरधाम ! सप्तरी जिल्ला बोदे बरसाईन नगरपालिका वडा नम्बर-३ सारस्वर निवासी मुमताज आलमका १७ वर्षीय छोरा मोहम्मद फैसल बैशाख १७ गतेदेखि सम्पर्कविहीन भएका छन्।
फैसल जनकपुरधामस्थित इस्लामिया सलफिया मदरसामा कक्षा १० मा अध्ययनरत थिए। उनी आमासँगै बिसनपुर चोकसम्म गएका थिए, जहाँबाट विद्यालय जान जनकपुरधामतर्फको बस चढेका थिए। तर, उनी विद्यालय नपुगी बाटोबाटै बेपत्ता भएका छन्। हालसम्म उनी परिवारसँग सम्पर्कमा आएका छैनन्।
उक्त घटनापछि परिवारजना चिन्तित छन् र फैसलको खोजी कार्यमा स्थानीयवासी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूलाई सहयोग गर्न अपील गरेका छन्। यदि कसैलाई फैसलको अवस्थाबारे जानकारी भएमा निम्न सम्पर्क नम्बरहरूमा जानकारी गराउन अनुरोध गरिएको छ:
सम्पर्क विवरण:
इलाका प्रहरी कार्यालय, बोदे बरसाईन – 9852890523
मो. सदाम राईन – 9805976426
मुमताज आलम (ह्वाट्सएप) – 97466959727
पत्रकार उमेश कुमार साह – 9816724853
पत्रकार लोकेन्द्र प्रसाद यादव – 9811725050
बेपत्ता व्यक्तिको पहिचान विवरण:
नाम: मोहम्मद फैसल
उमेर: १७ वर्ष
निवास: बोदे बरसाईन नपा-३, सारस्वर
विद्यालय: इस्लामिया सलफिया मदरसा, जनकपुरधाम
बेपत्ता मिति: २०८२ बैशाख १७ गते
जो कसैले मोहम्मद फैसललाई देखेमा वा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा माथि उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ।







प्रतिक्रिया