गणेशमान चारनाथ–३ मा चौथो मेयर गोल्ड कप भव्य रूपमा सुरु

खोज तलास खबर, जनकपुरधाम ! धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ मा भरतपुर युवा क्लबको आयोजनामा चौथो मेयर गोल्ड कप फुटबल प्रतियोगिता आजबाट भव्य रूपमा सुरु भएको छ। खेलकुदमार्फत स्थानीय युवा प्रतिभाको विकास तथा समुदायमा आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन समारोह उत्साहजनक वातावरणमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन मधेस प्रदेश सभा सदस्य माननीय संजय कुमार महतोले गर्नु भयो। विशिष्ट अतिथिका रूपमा नगर प्रमुख जीत नारायण यादव, उपमेयर तुलसा पाण्डे पटेल, वडा अध्यक्षहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय महतोले युवाहरूमाझ खेलकुदको माध्यमबाट सकारात्मक सोच र अनुशासनको विकास हुने विश्वास व्यक्त गर्दै, यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्नुभयो। नगर प्रमुख यादवले पालिकाको तर्फबाट खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो।

भरतपुर युवा क्लबका अध्यक्ष रामबाबु यादवको अगुवाइमा तथा पालिकाको विशेष सहयोगमा प्रतियोगिता सुरु भएको हो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति थियो।

प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ भने विजेता टोलिलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार