मलेसियामा कार्यरत किशन्दन रामको निधन, पार्थिव शरीर नेपाल पठाइयो

खोज तलास खबर, जनकपुरधाम ! रौतहट जिल्ला, साविक सरुअठा–३ (हाल यमुनामाई गाउँपालिका–४) निवासी २१ वर्षीय दिवङ्गत किशन्दन राम ज्यु, जो मलेसियास्थित Sugihara Grand Industries Sdn. Bhd. कम्पनीमा रोजगारीको सिलसिलामा कार्यरत हुनुहुन्थ्यो, गत सेप्टेम्बर २ तारिखका दिन दुर्भाग्यवश निधन हुनुले नेपाली समुदायलाई स्तब्ध र शोकाकुल बनाएको छ।

नेपालबाट CWS सङ्गठनका पूर्व अध्यक्ष तथा रौतहट निवासी आदरणीय नन्दलाल राम ज्यु मार्फत उक्त खबर प्राप्त भएपछि, मलेसियामा रहेको हाम्रो साझा सङ्गठन CWS Group Malaysia ले तुरुन्तै आवश्यक पहल अगाडि बढाएको थियो।

मलेसियामा रहेको सकृय समाजसेवी CWS संस्थाका महासचिव राम किशोर महरा ज्युको प्रत्यक्ष पहलमा र सम्पूर्ण टिमको सक्रिय सहयोग तथा नेपाली राजदूतावास मलेसियाको समन्वयमा आवश्यक कागजात तथा कानुनी प्रक्रिया पूरा गरी, दिवङ्गत किशन्दन रामको पार्थिव शरीर सेप्टेम्बर ११ तारिखमा नेपाल पठाइएको छ।

यस दुखद घटनाले सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा पुर्याएको छ। हामी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौं र परिजन तथा शुभचिन्तकहरूमा समवेदना प्रकट गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित समाचार