जेनजी आन्दोलनमा थप एकको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

खोज तलास खबर, जनकपुरधाम ! काठमाडौं, असोज १३ –जेनजी आन्दोलनमा घाइते भएका थप एक प्रदर्शनकारीको मृत्यु भएको छ। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका ३६ वर्षीय लक्ष्मण राईको आज निधन भएको हो।

 

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का स्थायी बासिन्दा राईलाई असोज २४ गतेको प्रदर्शनका क्रममा बालाजुमा गोली लागेको थियो। उपचारका लागि ट्रमा सेन्टर ल्याइएका राईको आज दिउँसो पौने २ बजे मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले पुष्टि गरे।

 

यससँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। तीमध्ये १० जना कैदीबन्दी रहेका छन्।

 

जेनजी आन्दोलन पछिल्लो समय झनै चर्किँदै गएको छ भने सरकार र आन्दोलनकारीहरूबीच संवादको प्रयास जारी रहेको बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार